आज!अहिले
किन हो रेखाहरू
कस्तो कस्तो अनुहारका लागिरहेछ!
हुन त पल पल
अनि प्रत्येक क्षणहरूलाई र
अनुहारहरू,अनि भाषाहरू
हिड्न नजानेका
तोते बच्चाहरूको हिडाई झै
मेरा रेखा चित्रहरू
आफै आफ्नो मादकतामा
नाचिरहेको देख्दा
आफूले आफैंलाई
चिमोट्न मनलागी रहेछ।
किन हो आजकाल
मेरो वरिपरीको
प्रकृति भनाउदाहरू
अनि समाउन नसकिने समयहरू
समाचारले बाचेको समाज
सबैको संसार बनेर
मेरा रेखाचित्रहरू
मलाई नै जिस्क्याउनदै
अनुहार बिगार्दै
गाँठो परेको, बाङ्गो, घुम्रिएको
निन्द् नपरेको सपना जस्तै
उठल पुठल सुताई भएको छ
मेरा चित्र हरू !!!!!!